गृहपृष्ठ Featured बास्कोटाको कटाक्ष- ‘चुनाव जित्ने दाबी गरेको देख्दा लाग्छ एकल सरकार नै बनाइ सके’

बास्कोटाको कटाक्ष- ‘चुनाव जित्ने दाबी गरेको देख्दा लाग्छ एकल सरकार नै बनाइ सके’

नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनाव जित्ने दाबी र सिट आंकलन सुन्दा र पढ्दा कोही पनि दोस्रो नहुने जस्तो देखिएको भन्दै कटाक्ष गरेका छन्।

उनले सबैले जितेको मात्र नभइ एकल सरकार नै बनाइ सकेको देखिएको बताए। जसले जे भने पनि अन्तिममा मतदाताको परिणामले नै सबे प्रस्ट हुने उनको भनाइ छ।

‘चुनाव जित्ने दाबी र सिट आंकलन सुन्दा पढ्दा कोही पनि दोस्रो हुँदैन। सबैले जितेको मात्र हैन एकल सरकार नै बनाइ सकेको देखियो,’ उनले सामाजिक सञ्जालमा लेखे, ‘तर खास कुरो मतदाताको मनमा के छ? परिणाम त त्यै प्रकट होला। होहल्ला, झुठमुट, आरोप प्रत्यारोप त युरोप अमेरिकामा त देखिन्छ यो त नेपाल मामुली कुरो भैगो।’

सम्बन्धित् समाचार