गृहपृष्ठ Featured सभापति थापाको प्रश्न- अनुहार नयाँ चाहिने हो कि दृष्टिकोण र प्रतिबद्धता ?

सभापति थापाको प्रश्न- अनुहार नयाँ चाहिने हो कि दृष्टिकोण र प्रतिबद्धता ?

नेपाली कांग्रेसका सभापति गगन थापाले दायाँ बायाँ फर्केका हिजोका कांग्रेस, एमाले र माओवादी छाडेका व्यक्तिहरू एकै ठाउँमा हुँदैमा नयाँ नहुने बताएका छन्।

शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले दृष्टिकोण र प्रतिबद्धता नयाँ हुनुपर्ने बताएका हुन्।

‘यदी तपाईलाई कसैले यो पटक म पुरानो पार्टीलाई भोट दिन्न, म नयाँलाई दिन्छु भन्छ भने तपाई एकछिन अडिएर उसलाई एउटा प्रश्न सोध्नुहोस् । पुरानो र नयाँको परिभाषा के हो ? प्रत्येक कुरा पहिला नयाँ हुन्छ, समयक्रममा त्यो पुरानो हुन्छ । पुराने र नयाँ बीचको भेद के हो ? तपाईहरु अडिएर त्यहाँ प्रश्न गर्नुपर्छ,’ उनले भने।

नयाँ नै खोज्ने हो भने विशेष महाधिवेशनपछिको कांग्रेसको अहिलेको अवस्थामा नेपालको सबैभन्दा नयाँ पार्टी रहेको सभापति थापाको दाबी छ।

‘माघ ६ गते अधिवेशन गरेर गगन थापालाई सभापति बनाएर आएको पार्टी काँग्रेस नेपालको सबैभन्दा नयाँ पार्टी हो । यो भन्दा नयाँ पार्टी कुन चाँही छ अहिले?,’ उनले भने, ‘नयाँ भनेको अनुहार नयाँ होइन, यो बदलेर आएको पार्टी हो,’ उनले भने।

सभापति थापाले अहिले नयाँ भनिएका दलहरूको एकमात्रै उद्धेश्य चुनाव जित्ने मात्रै रहेको बताए।

ती मान्छेहरू हिजोका दिन कांग्रेस, एमाले, माओवादी लगायतका दल छाडेर आएको र चुनावकै लागि एक ठाउँमा जम्मा भएको उनले बताएका हुन्।

सम्बन्धित् समाचार