गृहपृष्ठ Featured माधव नेपालले उद्घाटन गरेको कपिलवस्तु महोत्सवमा पूर्वराजा शाहको प्रवेश

माधव नेपालले उद्घाटन गरेको कपिलवस्तु महोत्सवमा पूर्वराजा शाहको प्रवेश

नेकपाका नेता माधव कुमार नेपालले उद्घाटन गरेको महत्वसमा  पूर्वराज ज्ञानेन्द्र शाहले पनि प्रवेश गरेका छन् ।

पाँच नम्बर प्रदेशका  प्रदेशका विभिन्न जिल्लाको भ्रमण प्रश्चात आएका पूर्वराजा शाहले शुक्रबार कपिलवस्तुको गोरुसिंगेमा रहेको पशुपतीनाथ मन्दिरमा ३ बजे पुजाआजा गरेपछि ११ औँ कपिलवस्तु महोत्सवको अवलोकन गरेका हुन् ।

गोरुसिंगेमा पुगेर पशुपतिनाथ मन्दिरको पुजाआजापछि जितपुरवासी र आयोजक वाणगंगा वेलफेयर सोसाइटीको आग्रहमा उनी महोत्सवको अवलोकन गर्न पुगेका हुन् । कपिलवस्तु महोत्वसको विहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपाका नेता माधव कुमार नेपालले उद्घाटन गरेका थिए ।

शाहको २०६४ साल पछी अहिले कपिलवस्तुमा भ्रमण भएको हो । भ्रमणलाई सफल पार्नको लागि जिल्ला स्तरीय समिती गठन गरि कार्यक्रमको तयारीलाई तिव्रता दिइएको शिव सेना नेपाल जनाएको छ ।  पूर्वराजाको स्वागत लागि  राप्रपा नेता कार्यकर्ता र सर्वसाधारणको व्यापक उपस्थिती रहेको थियो ।   पूर्वराजा रुपन्देहीको तिलोत्तमा रहेको रहेको टाईगर होटवलमा बसेका छन् ।

 

साभार

सम्बन्धित् समाचार