कपिलवस्तु, माघ १७ गते । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्यले बुद्धभूमि नपा वडा नं १ को इकाई समितिले भेलाइमा राखेको कार्यक्रममा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुद्धभूमि नगरपालिका ८ खैरेनियामा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको छ। त्यस्तै महाराज नगरपालिका वडा नं २ पडरिया गाउँमा पनि घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ । भेटघाट तथा छलफल कार्यक्रममा आचार्यले महिला समूह तथा स्थानीय बासिन्दासँग भलाकुसारी गर्दै जनतासँगको साथ र सहकार्य नै आफ्नो प्रमुख शक्ति भएको बताउनुभयो। उहाँले स्थानीय समस्या, विकासका आवश्यकता र जनचासोका विषयमा प्रत्यक्ष रूपमा सुझाव संकलन गर्दै समाधानका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमका क्रममा स्थानीय महिलाहरूले रोजगारी, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए। आचार्यले यी विषयलाई आफ्नो चुनावी प्रतिबद्धतामा समेटिएको र निर्वाचित भए कार्यान्वयनमा जोड दिने बताउनुभयो।
कार्यक्रममा मतदातासँग छलफल गर्दै लोकतान्त्रिक मूल्य, सुशासन र समावेशी विकासका पक्षमा आफू निरन्तर लागिरहेको धारणा राख्नुभयो। स्थानीयवासीले क्षेत्रको सडक, सिँचाइ र कृषि विकासका विषय उठाएका थिए।
घरदैलो तथा भेटघाट अभियानलाई निरन्तरता दिँदै उम्मेदवार आचार्यले जनतासँग प्रत्यक्ष संवादमार्फत चुनावी कार्यक्रमलाई प्रभावकारी बनाइरहेको जनाइएको छ। साथमा कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम, क्षेत्र नम्बर २ का सभापति केशव कुमार श्रेष्ठ , बुद्धभूमि नगरपालिकाका नगर सभापति माधव दमासे , महाराजगञ्ज नगरपालिकाका नगर सभापति राम अचल चौधरी , सम्बन्धित वार्डका इकाई सभापतिहरू वडा अध्यक्ष , तिलक बस्नेत , कपिलदेब तिवारी ,प्रमोद चौधरी, पूर्व वडाध्यक्ष सुशील चौधरी, महिला नेत्री निरु सिंह रायमाझी लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।








