गृहपृष्ठ Featured अब दुई तिहाइको सरकार बन्छ- रवि लामिछाने

अब दुई तिहाइको सरकार बन्छ- रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब दुई तिहाइको सरकार बन्ने बताएका छन्।

रूपन्देही १ मा आज भएको चुनावी कार्यक्रममा बोल्दै सभापति लामिछानेले सबैको आँखामा आशा नै आशा रहेको भन्दै अब दुई तिहाइको सरकार बन्ने बताए।

‘मान्छेहरू भन्छन्- देशमा निराशा छ। तर म तपाईंहरूको आँखामा हेर्छु आशा नै आशा छ, अब दुई तिहाइको सरकार बन्छ, कमसेकम बहुमतको सरकार बन्छ,’ सभापति लामिछानेले भने, ‘यो आशालाई जगाइराख्नुहोला।’

जनताको मनभित्र रहेको आशालाई जगाइराख्न आफू रूपन्देही आएको पनि उनले बताए।

उनले फागुन २१ गते इतिहास बदल्ने पनि बताए। फागुन २१ मा प्रतिनिधि सभा चुनाव हुँदैछ।

Laxmi bank

‘यसपटकको फागुन २१ मिति होइन, इतिहास हो। कोसेढुंगा हो, त्यसका लागि तयार रहनुहोला,’ उनले भने।

सम्बन्धित् समाचार