२७ माघ, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरेका छन् । मंगलबार सुनसरी–२ झुम्कामा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गरेका हुन् ।
‘तपाईँहरूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ,’ सभापति थापाले भने, ‘अब यो क्षेत्रबाट कांग्रेसलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु । बाँकी कुरा पूरा गर्नेछु ।’








