गृहपृष्ठ Featured गुल्मीमा पहिलोपटक अंगीकृत नागरिकता वितरण

गुल्मीमा पहिलोपटक अंगीकृत नागरिकता वितरण

२८ माघ, गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ ।

संशोधित नागरिकतासम्बन्धी कानुनअनुसार रेसुङ्गा नगरपालिका-१० निवासी जमुना बस्नेतका छोरा सुरज लेप्चाले अंगीकृत नागरिकता प्राप्त गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार नेपाली मुलकी महिलाले विदेशी नागरिकसँग विवाह गरेपछि जन्मिएका छोरा-छोरीलाई अंगीकृत नागरिकता प्रदान गर्ने नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा आएपछि गुल्मी जिल्लाबाट पहिलोपटक नागरिकता वितरण गरिएको हो ।

कानुन संशोधनपछि प्रमुख जिल्ला अधिकारीमार्फत नै अंगीकृत नागरिकता प्रदान गर्न सकिने व्यवस्था भएपछि यो प्रक्रिया अघि बढाइएको हो ।

सम्बन्धित् समाचार