काठमाडौं- नेपाली कांग्रेसले सामाजिक सञ्जालमा चर्चा गरे जस्तो अवस्था भूगोलमा नरहेको दाबी गरेकाे छ।
काठमाडौंको अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले चुनावी माहोलको विश्लेषण गर्दै भूगोलमा अवस्था फरक रहेको निष्कर्ष निकालेका हुन्। उनले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको सहकार्य लामो नटिक्ने जिकिर पनि गरे।
‘रवि र बालेनको जुन प्रसंग छ, उनीहरूको रहरले गठवन्धन बनेको होइन’, उनले भने, ‘यो त गराइएको गठनवन्धन हो, यसको भर छैन, केही समयमै नतिजा हामीले देखिहाल्छौं।’
रास्वपाले रविको क्रेज घट्दै गएपछि पार्टीको साख जोगाउनको लागि मात्रै बालेनलाई पार्टीमा भित्र्याएको चालिसेले बताए।
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको पृष्ठभूमिमा सञ्चारकर्मीले बालेन शाहको लोकप्रियतालाई कत्तिको चुनौती ठान्नु हुन्छ भनेर सोधेका थिए । जवाफमा चालिसेले भने- ‘सामाजिक सञ्जाल र वास्तविकबीच धेरै भिन्नता छ।’







