हरि घिमिरे ,मंसिर २१
एघारौं कपिलवस्तु महोत्सव अन्तरगत नवौं कपिलवस्तु डान्स आइडल प्रथम हुनेलाई आकर्षक चाँदिको सुपर क्याप र एकलाख एघार हजार एकसय एघार पुरस्कारको व्यवस्था गरिएको छ ।
नेपालमै पहिलो पटक नवौं कपिलवस्तु डान्स आईडलमा बाणगंगा वेलफेयर सोसाईटिले यस्तो उत्कृष्ट पुरस्कारको व्यवस्था गरेको हो । विगतका बर्षहरु भन्दा यस बर्षको नवौं कपिलवस्तु डान्स आइडल एवंम वृतले भिन्न पाईएको छ ।

नेपालकौ विभिन्न महोत्सव हरु मध्य आईडलका लागि कपिलवस्तु डान्स आईडल एक उत्कृष्ट चिनारि बन्न पुगेको निर्णायक हरि सरण रीजाल लगाएत राष्ट्रीय कलाकार हरुको भनाई रहेको छ ।
वेलफेयर द्धारा आयोजीत नवौं कपिलवस्तु डान्स आईडलमा राखिएको चाँदिको सुपर क्याप ठुलै धनरासिको रहेको आईडल संयोजक अमृत केसि ले वैखरी अनलाईन लाई जानाकारि दिए ।
त्यस्तै द्धितृय हुनेले नगद रु ६६,६६६ तृतिय हुनेले ४४, ४४४ र सान्तवना हुनेले २२,२२२ साथै थुर्पै आर्कषक पुरस्कार पाउने आयोजक बाणगंगा वेलफेयर सोसाइटीका निबर्तमान अध्यक्ष पदम सेनले बताएका छन ।








