गृहपृष्ठ Featured सक्षम र सबल नेतृत्वका लागि आशिष शर्मा अहिलेको आवश्यकता ः मनोज पौडेल

सक्षम र सबल नेतृत्वका लागि आशिष शर्मा अहिलेको आवश्यकता ः मनोज पौडेल

वैखरी अनलाइन , कपिलवस्तु ।
कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार आशिष शर्मा सक्षम र सबल नेतृत्वका रुपमा अहिलेको आवश्यकता भएको युवा नेता मनोज पौडेलले बताएका छन् ।

कपिलवस्तुको समग्र विकास, सुशासन र जनउत्तरदायी राजनीतिका लागि नयाँ सोच र स्पष्ट भिजनसहित अघि बढ्न सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पौडेलले शर्मा त्यही पात्र भएको दाबी गरे ।

स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका शर्मा सफल व्यवसायीका साथै सामाजिक क्षेत्रमा सक्रिय र जनतामाझ लोकप्रिय व्यक्तित्वका रुपमा चिनिन्छन् । उनले विगतदेखि नै रोजगारी सिर्जना, युवा सशक्तीकरण र स्थानीय विकासका क्षेत्रमा योगदान पु¥याउँदै आएका छन्।

 

पौडेलका अनुसार परम्परागत राजनीतिक अभ्यासबाट नागरिक निराश भइरहेको वर्तमान अवस्थामा इमानदार, पारदर्शी र परिणाममुखी नेतृत्वको खाँचो टड्कारो देखिएको छ। “सक्षम नेतृत्व र स्पष्ट दृष्टिकोण भएका आशिष शर्मा जस्ता व्यक्तित्वले मात्रै कपिलवस्तुलाई समृद्धिको दिशामा अघि बढाउन सक्छन्,” उनले भने।

 

कपिलवस्तु क्षेत्र नं. १ मा चुनाव चिन्ह ‘जि’ सहित प्रतिस्पर्धामा रहेका शर्माले आफू जनताको प्रत्यक्ष सरोकारका विषयलाई प्राथमिकतामा राख्दै विकासको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।

स्थानीय तहदेखि संघीय तहसम्म प्रभावकारी समन्वय गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई विशेष जोड दिने उनको योजना रहेको समर्थकहरूको भनाइ छ।

सम्बन्धित् समाचार