गृहपृष्ठ Featured दाङमा ५१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३१ वर्षीय युवक पक्राउ

दाङमा ५१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३१ वर्षीय युवक पक्राउ

दाङमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ कुमाल गाउँ बस्ने ३१ वर्षीय यज्ञ बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बोहराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित् समाचार