चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने विश्वास व्यक्त गरेका छन् ।
सोमबार चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसंगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बन्दै गएकाले निर्वाचनपश्चात जनताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्।
यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै कोसिस गर्दा गर्दै पनि पूरा गर्न नसकिएको उनको भनाई छ। उनले सुकुम्वासीको समस्या आयोग बनाएर नै दीर्घकालीन रुपमा समाधान गर्ने प्रतिबद्धता जनाए।








