गृहपृष्ठ Featured बाङ्ग्लादेशमा रहमानले लिए प्रधानमन्त्रीको शपथ

बाङ्ग्लादेशमा रहमानले लिए प्रधानमन्त्रीको शपथ

५ फागुन, काठमाडौं ।

दक्षिण एसियाली मुलुक बाङ्ग्लादेशले डेढ वर्षपछि जननिर्वाचित सरकार पाएको छ । भर्खरै सम्पन्न आम निर्वाचनपछि बाङ्ग्लादेश नेसनल पार्टी(बीएनपी)का अध्यक्ष तारिक रहमानले मंगलबार प्रधानमन्त्रीको शपथ लिएका छन् । रहमान पूर्व प्रधानमन्त्री वेगम खालिदा जियाका छोरा हुन् ।

शपथ ग्रहण समारोह अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस तथा राष्ट्रपति मोहम्मद शहाबुद्दीनको उपस्थिति थियो । यस्तै अन्य विभिन्न देशबाट पनि पाहुना बोलाइएका थिए । नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा पनि शपथग्रहण समारोहमा सरिक भएका थिए ।

बीबीसी बाङ्लाका अनुसार त्यहाँको इतिहासमै पहिलो पटक मन्त्रिपरिषद्को शपथ ग्रहण कार्यक्रम खुला आकाशमुनि आयोजना गरिएको हो ।

सम्बन्धित् समाचार