भारत लगायत धेरै देशमा युट्युब डाउन भएको छ।
भिडियो प्लेटफर्म युट्युब डाउन भएको बारे विश्वका धेरै स्थानमा गुनासोहरू आइरहेका बीबीसीले उल्लेख गरेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार मंगलबार अमेरिकामा ३ लाख २० हजारभन्दा बढी प्रयोगकर्ताहरूको लागि युट्युब डाउन थियो। भारतमा पनि युट्युब डाउन भएको गुनासो आएको छ। केही प्रयोगकर्ताहरूले इन्स्टाग्राममा यसको बारेमा पोस्ट गरेका छन्।
आउटेज ट्र्याकिङ वेबसाइट डाउन डिडेक्टर डट कमका अनुसार मंगलबार पूर्वी समय अनुसार राति ८.१८ बजेसम्म सामाजिक सञ्जाल प्लेटफर्ममा समस्याका ३ लाख २१ हजार ९५८ रिपोर्ट दर्ता भएका थिए।
यस वेबसाइटले विभिन्न स्रोतहरूबाट स्थिति रिपोर्टहरू सङ्कलन गरेर आउटेजहरू ट्र्याक गर्छ। वेबसाइटले युट्युब टिभीसँग सम्बन्धित ८ हजार ९२३ गुनासोहरू रिपोर्ट गरेको छ भने गुगलले २ हजार ६९४ गुनासोहरू रिपोर्ट गरेको छ।







