गृहपृष्ठ Featured १० लाखसम्मको वार्षिक आम्दानीमा कर छुट दिने कांग्रेसको प्रतिज्ञा

१० लाखसम्मको वार्षिक आम्दानीमा कर छुट दिने कांग्रेसको प्रतिज्ञा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २१ फागुनको निर्वाचनपछि आफ्नो सरकार बनेमा व्यक्तिगत आयकरमा व्यापक सुधार गर्ने घोषणा गरेका छन्।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने प्रतिज्ञा गरेका हुन्।

अहिले ३० प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने उनले प्रतिज्ञा गरे। करका सबै प्रकारका दरहरुलाई सरलीकृत गर्ने पार्टीको योजना रहेको उनले सुनाए।

उनले भने, ‘नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउँदैन। यसको लागि हामीले नीतिमै सुधार गर्न आवश्यक छ। हामी १० लाखसम्मको व्यक्तिगत आम्दानीमा कर नलगाउने प्रतिज्ञा गर्छौँ।’

सम्बन्धित् समाचार