कांग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्रराज आचार्यले कपिलवस्तुका कृषकहरुले झल्दै आएको मलखाद र सिचाईको समस्या समाधानकालागि प्रतिबद्ध भएर लाग्ने बताएका छन ।
आफु कृषककै छोरा भएकाले कृषकहरुको मागका बारेमा परिचित रहेकोले कृषकहरुको माग समाधानकालागि अब बन्ने सरकारले ठोस कदम चाल्ने बताए ।
कपिलवस्तुको यशोधरा गाउपालिका ५ सुठौली गाउमा घरदैलो अभियानकाक्रममा उनले संसदमा यस पटक निर्बाचित भए कृषकहरुको समस्याका बारे बुलन्द आवाज उठाउने र प्रतिबद्ध भएर लाग्ने बताए । मतदाताहरुले मलखाद, सिचाई बाटघाटोको कुरा उठाउने गरेको र त्यो समाधानकालागि आफु प्रतिबद्ध रहेको बताए । उनले आफुले सिचाई, बिद्युतीकरणकालागि संसदीय बजेटबाट काम गरको र त्यसबाट धेरै लाभांबित समेत भएको बताए ।
उनले पाच बर्षे कार्यकाल हुदा हुदै ढाई बर्ष मै संसद भंग भएकाले सिचाईकालागि बिनियोजित बजेट समेत अहिले रोक्का भएकाले काम अघि नबढेको र चुनाव पछि काम अघि बढने उनले बताए । उनले यस पटकको निर्बाचनमा सफला तर्फ उन्मुख रहेको बताए ।
मतदाताहरुमा कांग्रेस प्रति उत्साही भएकाले आफुुलाइृ यस पटक फेरी मतदाताहरुले निर्बाचित गराउने बताए ।









