गृहपृष्ठ Featured समतामुलक समाज निर्माणमा भुमिका खेल्छु : उम्मेदवार अतहर कमाल

समतामुलक समाज निर्माणमा भुमिका खेल्छु : उम्मेदवार अतहर कमाल

कपिलवस्तु, १० फागुन

नेपाली काँग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अतहर कमाल मुसलमानले आफुले सबै समुदायलाई न्याय हुने गरि समतामुलक समाज निर्माणमा भुमिका खेल्ने बताउनु भएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको लबनी र नन्दनगरमा चुनावी प्रचार प्रसार कार्यक्रम अन्र्तगत घरदैलो कार्यक्रममा रहनु भएका नेता कमालले आफु सँग राजनितीक र सामाजिक क्षेत्र दुवैको अनुभवहरु रहेकाले समाजका हरेक आयामलाई जोडने गरी न्यायमुलक तथा समावेशी बिकासको अवधारणामा भुमिका खेल्ने बताउनु भएको छ ।

दलित, जनजाती, मधेसी, मुस्लिम, थारु, पछाडी परेको समुदाय सहित सबै समुदायको हितमा काम गर्ने उहाँको भनाई छ । दलित, गरिब, महिला, जनजाती र थारुहरुको उत्थानका बिषयमा आफुले बिगत बाटै आवाज उठाएको स्मरण गराउदै उहाँले सबै समुदायको हितमा काम गर्ने बताउनु भयो । शिक्षा तर्फ महिला शिक्षा अभिबृद्धि, मदरसा गूरुकुल र आश्रमका शिक्षा सगैं दलित समुदायका लागी अम्बेडकर समतामुलक शिक्षाका लागी आफुले काम गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

बिगतको संबिधानसभा र प्रतिनिधीसभामा भएको आफनो भुमिकाका आधारमा आगामी दिनमा संबिधानमा हुने संसोधनमा समेत सबै समुदायलाई न्याय हुने गरि आवश्यक निती बनाउन भुमिका खेल्ने उहाँले जानकारी दिनु भयो ।

घरदैलो कार्यक्रममा पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पुर्वमन्त्री सहसराम यादव, पुर्व मन्त्री तथा पार्टीका पुर्व जिल्ला सभापति कमलेश कुमार शर्मा, पुर्व जिल्ला सभापति राजेश आचार्य, पुर्व सचिवहरु शुरेस शर्मा, महेन्द्र पाठक, पुर्व कोषाध्यक्ष शोहरत तेली, सहसचिव वजिह अरसद, पुर्व क्षेत्रिय सभापति लोकनाथ शर्मा, नेविसंघ जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेल, युवा नेता ईस्तियाक खान लगायत पार्टीका नेता कार्यकर्ताको घरदैलो कार्यक्रममा सहभागीता रहदै आएको छ ।

सम्बन्धित् समाचार