गृहपृष्ठ Featured मगर दिवसको अवसरमा शुक्रबार बाणगंगामा सार्वजनिक बिदा

मगर दिवसको अवसरमा शुक्रबार बाणगंगामा सार्वजनिक बिदा

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले मगर दिवसको अवसरमा शुक्रबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगर प्रमुख चक्रपाणि अर्यालद्वारा हस्ताक्षरित सूचनामा मगर समुदायको महत्वपूर्ण पर्वका रूपमा मनाइने मगर दिवसको सम्मानस्वरूप बिदा दिइएको स्पष्ट गरिएको छ।

सूचनामा उल्लेख भएअनुसार नगरपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्था (अत्यावश्यक सेवा बाहेक) उक्त दिन बन्द रहनेछन्। आवश्यक सेवा भने यथावत सञ्चालन हुने जनाइएको छ।

सम्बन्धित् समाचार