गृहपृष्ठ Featured कपिलवस्तु–२ मा एमाले वडाध्यक्ष पदका उम्मेदवारसहित सय बढी कांग्रेसमा प्रवेश

कपिलवस्तु–२ मा एमाले वडाध्यक्ष पदका उम्मेदवारसहित सय बढी कांग्रेसमा प्रवेश

वैखरी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर २ मा विभिन्न पार्टी परित्याग गरी सयभन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

गत स्थानीय तह निर्वाचनमा बुद्धभूमि नगरपालिका–१० बाट नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार रहेका कल्लु मुसलमानसहित सयभन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । मुसलमान स्थानीय तहमा प्रभावशाली समाजसेवीका रूपमा परिचित छन् ।

त्यस्तै समाजवादी विद्यार्थी युनियनका जिल्ला उपसभापति कविन्द्र यादवले पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार सुरेन्द्रराज आचार्यले स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै उम्मेदवार आचार्यले क्षेत्र नम्बर २ मा कांग्रेसप्रति जनलहर बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा फराकिलो मतान्तरसहित विजय हासिल गर्ने विश्वास व्यक्त गरे । उनले लोकतन्त्रको सुदृढीकरण, विकास र सुशासनका लागि कांग्रेसलाई सशक्त बनाउन सबैलाई एकजुट हुन आह्वान गरे ।

कांग्रेस प्रवेश गर्नेहरूको संख्या बढ्दै जाँदा क्षेत्र नम्बर २ को राजनीतिक माहोल थप तातेको छ ।

सम्बन्धित् समाचार