गृहपृष्ठ Featured रुपन्देहीमा ५ वटै सीट जित्ने एमालेको निचोड

रुपन्देहीमा ५ वटै सीट जित्ने एमालेको निचोड

रुपन्देही ।

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माको नेतृत्वको टोलीले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा अनुगमन गरेको छ । निर्वाचनको तयारी र यसको अवस्थाबारे टोलीले सबै क्षेत्रमा पुगेर जानकारी लिएको हो । सचिव विश्वकर्मासँगै रुपन्देहीका पूर्वइन्चार्ज लिला गिरी, नेता गोपाल भट्टराई र जिल्ला अध्यक्ष यज्ञ गैरे सहभागी थिए । टोलीले सबै क्षेत्रमा एमालेका उम्मेदवार जित्ने पूर्ण आत्मविश्वासका साथ मैदानमा खटिएको र अहिलेको वातावरणले सबै क्षेत्र जित्ने बलियो आधार बनेको निचोड निकालेको छ ।

टोलीले सबै निर्वाचन क्षेत्रका उम्मेदवार, निर्वाचन परिचालन कमिटी र ती क्षेत्रमा रहेका विभिन्न कार्यक्रमसमेत अवलोकन गरेर उम्मेदवारसहित त्यहाँको पार्टी नेतृत्वलाई आगामी रणनीतिबारे निर्देशन गरेको थियो । जिल्ला अध्यक्ष गैरेका अनुसार सबै क्षेत्रका उम्मेदवारसँग घरदैलोक्रममा प्रत्यक्ष संवाद, निर्वाचन परिचालन कमिटीको नेतृत्वसँग छलफल तथा क्षेत्रीय रुपमा आयोजित घरदैलो, प्रचार र्यालीसहितका कार्यक्रम अनुगमन भएको थियो ।

टोलीले सबै उम्मेदवारले फराकिलो मतान्तरले जित्ने आत्मविश्वासका साथ मैदानमा खटिएको पाएपछि सामाजिक सन्जालमा चलाइएका अफवाहमा कुनै सत्यता नरहेको निचोडमा पुगेको तर एमालेको पक्षमा माहोल तयार भएपछि विपक्षीहरुले गर्ने गलत प्रचार तथा निर्वाचन नै बिथोल्ने रणनीतिबारे विशेष चनाखो रहन सम्बन्धित क्षेत्रीय कमिटीलाई निर्देशन गरेको छ ।

सम्बन्धित् समाचार