गृहपृष्ठ Featured कमालले भने- ‘कपिलवस्तु- १ मा जनसमर्थन हाम्रो पक्षमा छ, ऐतिहासिक जितको नजिक छौं’

कमालले भने- ‘कपिलवस्तु- १ मा जनसमर्थन हाम्रो पक्षमा छ, ऐतिहासिक जितको नजिक छौं’

वैखरी अनलाईन, बाणगगा ।

कपिलवस्तु निर्वाचन क्षेत्र नं.१ का नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानले आफू ऐतिहासिक जितको नजिक पुगेको दाबी गरेका छन्। वैखरी मिडियासंगको कुराकानीका क्रममा उनले जनताबाट प्राप्त भइरहेको साथ र विश्वासले आफ्नो जित सुनिश्चित हुँदै गएको बताए।

उनले भने, “जनसमर्थन हाम्रो पक्षमा स्पष्ट रूपमा देखिएको छ। गाउँ–टोलदेखि बजारसम्म नागरिकले परिवर्तन, विकास र स्थायित्वको पक्षमा मत दिन चाहनुभएको छ। हामी ऐतिहासिक जितको नजिक छौं।”

कमालले विगतमा क्षेत्रको विकासका लागि आफूले खेलेको भूमिकाको चर्चा गर्दै अबको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। “कपिलवस्तु–१ लाई पूर्वाधार, उद्योग र अवसरको केन्द्र बनाउने हाम्रो स्पष्ट योजना छ,” उनले भने, “युवालाई रोजगारी, किसानलाई उचित मूल्य र नागरिकलाई गुणस्तरीय सेवा दिनु नै हाम्रो मुख्य लक्ष्य हो।”

उनले मतदातालाई भावनामा मा नभई काम र योजनाको आधारमा मतदान गर्न आग्रह गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि नेपाली कांग्रेसलाई विजयी गराउन अपिल गरे।

यता निर्वाचन क्षेत्र नं.१ मा चुनावी सरगर्मी बढ्दै जाँदा प्रमुख दलका उम्मेदवारहरू आ–आफ्नो जित सुनिश्चित गर्न घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्र बनाइरहेका छन्।

कांग्रेसका उम्मेदवार कमालले भने जनताको उत्साह र समर्थनले आफूहरूलाई थप ऊर्जा दिएको उल्लेख गरे।

सम्बन्धित् समाचार