आइसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले सुपर-८ मा लगातार दोस्रो खेलमा जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। बुधबार भएको समूह-१ को खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजमाथि प्रभावसालि जित निकाल्दै ४ अंक सहित तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। खराब सुरुवातका बाबजुत वेस्टइन्डिजका लागि रोमारियो सेफर्ड र ज्यासन होल्डरले आठौं विकेटका लागि कीर्तिमानी साझेदारी गर्दै टिमलाइ प्रतिस्पर्धात्मक स्कोरमा पुर्याए। उनीहरुबिच ८९ रनको साझेदारी भयो। यो साझेदारी टी-२० आइमा आठौं विकेटका लागि अहिले सम्मको सबैभन्दा ठूलो साझेदारी हो।
तर उक्त साझेदारीले पनि वेस्टइन्डिजलाइ बचाउन भने सकेन्। शेफर्ड ५२ रनमा अविजित रहँदा होल्डरले ४९ रन बनाए। यि दुइ बाहेक कप्तान साही होपले १६ रन बनाउँदा सर्फन रुथफोर्डले १२ तथा म्याथ्यु फोर्डले ११ रन बनाएका थिए। दक्षिण अफ्रिकाका लागि लुंगि एगिदीले ३ विकेट लिंदा कागिसो रबडा र कोर्विन बोसले २-२ विकेट लिए।
१ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६.१ ओभरमै लक्ष्य पुरा गर्न सफल भयो। उसका लागि ओपनर तथा कप्तान एइडन मार्क्रमले ४६ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ८२ रनको अविजित इनिङ खेल्दा क्विन्टन डिककले ४७ रन बनाए।
त्यस्तै रियन रिकेल्टन ४५ रनमा अविजित रहे। मार्क्रमले पहिलो विकेटका लागि डिककसँग ९५ रनको साझेदारी गर्दा उनले दोस्रो विकेटका लागि रिकेल्टनसँग ८२ रनको अविजित साझेदारी गर्दै टिमलाइ लगातार दोस्रो जित दिलाए। वेस्टइन्डिजका लागि रोस्टन चेजले १ विकेट लिएका थिए।










