१५ फागुन, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटना घटाउनेहरू एकै भएको बताएका छन् । चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘सिंहदरबार त्यसैले जलायो जसले भ्रष्टाचारको अखडा बनायो । बालबालिकालाई गोली उसैले हान्यो । सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै हो ‘ उनले भने ।








