गृहपृष्ठ Featured साउदी अरबमा पनि इरानको हमला !

साउदी अरबमा पनि इरानको हमला !

इरानले साउदी अरबमा पनि हवाई हमला गरेको छ। साउदीको राजधानी रियाध र अन्य पूर्वी क्षेत्रहरूमा इरानले हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

साउदी अरबको विदेश मन्त्रालयले इरानबाट हमला भएको भनेको छ। मन्त्रालयले यसबारेमा थप विवरण सार्वजनिक नगरेको पनि रोयटर्सले जनाएको छ।

साउदीले इरानी हमलाको निन्दा गरेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधाबीमा पनि विस्फोटको ठूलो आवाज सुनिएको भनेर रोयटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै लेखेको छ।

दुबईमा तीन वटा ठुल्ठूला धमाकाका आवाज सुनिएको पनि रोयटर्सले लेखेको छ।

दुबईमा तीन वटै प्रहार त्यहाँको प्रतिरक्षा प्रणालीले निस्तेज पारेको बताइएको छ।

युएईमै दिउँसो भएको हमलामा १ जनाको मृत्यु भएको थियो।

इरानबाट प्रहार गरिएको मिसाइल युएईले आकाशमै नष्ट गरे पनि त्यसको टुक्रा एउटा घरमा खस्दा एक जनाको मृत्यु भएको भनिएको छ।

युएईको रक्षा मन्त्रालयले मृत्यु हुने एसियाली नागरिक रहेको भनेको छ। तर मृतकबार पूरा विवरण दिइएको छैन।

कतारमा रहेको अल उदैद हवाई अड्डा, कुवेतको अल-सालेम हवाई अड्डा, युएईको अल धाफ्रा एयर बेस, बहराइनस्थित नौसेना अड्डालाई निशाना बनाएको छ।

यसबाहेक मध्यपूर्वका बहराइनमा रहेको अमेरिकी नौसेनाको अड्डा र उत्तरी इराकमा रहेको अमेरिकी आधार शिविरलाई पनि लक्ष्य बनाएको भनेर सिएनएनले लेखेको छ।

कतारले तीन पटकसम्म इरानबाट आएको मिसाइल सफलतापूर्वक नष्ट गरिएको भनेको छ।

इरानले अमेरिकाबाट हमला भए मध्यपूर्वमा रहेको उसका सैन्य अड्डाहरूलाई लक्ष्य गरेर आक्रमण गर्ने चेतावनी यसअघि नै दिएको थियो

सम्बन्धित् समाचार