गृहपृष्ठ Featured नेपाल आइडल जुनियरको पहिलो संस्करण चैतबाट प्रसारण हुने

नेपाल आइडल जुनियरको पहिलो संस्करण चैतबाट प्रसारण हुने

नेपाल आइडल जुनियरको पहिलो संस्करण चैतबाट प्रसारण हुने भएको छ।

हाल डिजिटल अडिसन सञ्चालन भइरहेको छ। डिजिटल अडिसनबाट छनोट भएका प्रतिभालाई मेगा अडिसनमार्फत जज राउन्डमा सहभागी गराइनेछ।

नेपाल आइडलको सफल यात्रालाई निरन्तरता दिँदै नेपाल आइडल जुनियर सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। यस सिजनको निर्णायक मण्डलमा सुगम पोखरेल, सुवानी मोक्तान र अस्मिता अधिकारी रहनेछन्।

कार्यक्रममा प्रस्तोताका रूपमा डा. शरिसा श्रेष्ठ र गायक महेश काफ्ले रहनेछन्। त्यस्तै नेपाल आइडलका ट्यालेन्ट हेड तथा म्युजिक डिरेक्टरका रूपमा मीन गुरुङ रहेका छन्। नेपाल आइडल जुनियरको डाइरेक्टरको रुपमा एलेन श्रेष्ठ रहेका छन्।

सम्बन्धित् समाचार