प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले तौलिहवा बालगृहको निरीक्षण गरेका छन । कपिलवसतु बहुमुखी क्याम्पसको आइ्र्रसि ल्याब र बिज्ञान प्रर्दशनीको उदघाट कार्यक्रममा सरिक भई बालगृह आएका हुन ।

सो अवसरमा उनले बालगृहका बेसाहरा बालक, कर्मचारी र नेपाल बाल संगठशनका पदाधिकारीहरुसंग भेटघाट समेत गरेका थिए । सो अवसरमा मन्त्री बरालले बालगृहकालागि सक्दे सहयोग गर्ने प्रतिबद्धता जनाएका थिर्ए ।
उनले बालगृहलाई अझ ब्यवस्थित बनाउनु पर्नेमा जोड दिए । सो अवसरमा संगठनका जिल्ला अध्यक्ष राजु प्रसाद अर्यालले बालगृहका बारेमा जानकारी गराएका थिए । बालगहृ अहिले २७ लाख घाटामा हुदा समस्या भएको बताए ।
उनले अझै एक दुई बर्ष संचालनमा समस्या आउने भएकाले सहयोग गर्न उनले मन्त्री बराललाई अपील गरेका थिए । कार्यक्रमममा बालगहृका प्रमुख राम प्रसाद अर्यालले बेसाहरा बालकहरुकोलागि प्रदेश सरकराले ठोस सयहोग गर्नेमा आफुरु आशाबादी रहेको बताए । बाल गृहमा २८ बालकहरु छन ।








