गृहपृष्ठ Featured कपिलवस्तुमा रोकि राखेको ट्रकमा स्कार्पियो ठोकियो, दुईको मृत्यु, तीन घाइते

कपिलवस्तुमा रोकि राखेको ट्रकमा स्कार्पियो ठोकियो, दुईको मृत्यु, तीन घाइते

हुलाकी सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका-१२ पिपराहवामा रोकी रहेको ट्रकमा भारतीय नम्बर प्लेटको स्कार्पियो ठोक्किदा स्कार्पियो सवार २ जनाको मृत्यु भएको छ।
शनिबार राति ९ बजेतिर बहादुरगंजबाट तौलिहवा तर्फ आउदै गरेको युपी ३२ सिए ८३४३ नम्बरको स्कार्पियो सडकको किनारतिर रोको राखेको रहेको लु १ ख ९५४९ नम्बरको ट्रकसंग ठोक्किएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका महराजगंज नगरपालिका वडा-११ बनगाईका ५० बर्षिय राधेश्याम कुर्मी र शिवराज नगरपालिका-६ धरमनगरका ५५ बर्षिय चिन्नी कुर्मीको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले बताए।
दुर्घटनामा घाइते भएका महराजगंज नगरपालिका वडा नम्बर ११ बनगाईका ६५ बर्षिय नन्द प्रसाद दुबे, शिवराज नगरपालिका-१० लालपुरका २८ बर्षिय मोतिलाल कुर्मी र शिवराज नगरपालिका-११ का २० बर्षिय सुरेश कुर्मीको उपचार भइरहेको ढकालले बताए।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित् समाचार