वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको तौलिहवामा कक्षा २ मा नेपाली बिषय पढाउने शिक्षक लक्षित ५ दिने आधारभुत शैक्षणिक तालिम संपन्न भएको छ ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र पिस नेपालको आयोजनामा कपिलवस्तु र बुद्धभुमी नगरपालिका तथा मायादेबी गाउपालिकाका गरी ४८ बिद्यालयका ५१ जना शिक्षकलाई सो तालिम दिइएको हो । शिक्षण सिकाईलाई प्रभावकारी बनाउन जिल्लाको सो ३ पालिकाका सोह्र सोह्र बिद्यालयमा एक बर्ष अघि देखि रुम टु रडिको कार्यक्रम संचालन हुदै आएको छ ।
“शिक्षित बालबालिका भए नै विश्वमा परिवर्तनको थालनी हुन्छ” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा कक्षा दुईका विद्यार्थी लक्षित पहिलो चरणको कक्षा सञ्चालन गरिएको हो ।सो अवसरमा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले आधारभुत तहका बिद्यार्थीहरुको सिकाई उपलब्धी बढाउन तालिमले सकारात्मक सन्देश दिने बताए ।

उनले तालिम आफैमा सान्दर्भिक रहेको र यसले अबका दिनमा राम्रो परिणाम ल्याउने उनले बताए । उनले यो कार्यक्रमकालागि आफनो पालिकाको समेत लगानी रहेको र आगामी बर्षहरुमा अझ लगानी बढाउदै लाने उनले प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा रुम टु रिडको साक्षरता कार्यक्रमका दिनेश पोख्रेलले आफुहरु सहीत पालिका र शिक्षकहरुको सामुहिक प्रयासले एक बर्ष मै परिणाम आउने थालेको बताए । उनले सिकाइका सामग्री तथा विधिलाई परिमार्जन गर्दै लगिएको बताए ।
उनले आधारभुत बिद्यालय तर्फ पालिकाले बिशेष ध्यान दिनु पर्ने बताए ।
कार्यक्रम पिस नेपालका अध्यक्ष मणि प्रसाद गैह्रेको अध्यक्षता र सुमित्रा भट्टराईको संचालनमा कार्यक्रम भएको हो । तालिममा सहभागी शिक्षक शिक्षिकहरुले तालिमबाट आफुहरुले बालबालिकाहरुलाई पठनपाठन गर्ने तरिकाबारे ज्ञान हासिल गरेको बताएका थिए ।






