गृहपृष्ठ Featured मुख्यमन्त्री पदबाट राजीनामा नदिने ममता बनर्जीको अडान

मुख्यमन्त्री पदबाट राजीनामा नदिने ममता बनर्जीको अडान

ममता बनर्जीले पश्चिम बंगालको निर्वाचनमा आफ्नो दलको पराजयपछि पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने घोषणा गरेकी छन्।

तृणमूल कांग्रेसकी अध्यक्ष बनर्जीले चुनावमा पराजित नभएको भन्दै पद नछाड्ने घोषणा गरेको भनेर बिबिसी हिन्दीले लेखेको छ।

१५ वर्षदेखि सत्तामा रहेको तृणमुलले यसपालि ८० सिट मात्रै ल्याएको छ। यहाँ भाजपाले २०७ सिट प्राप्त गर्दै सरकार बनाउँदैछ।

ममता आफै भवानीपुर सिटमा पराजित भएकी थिइन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भारतीय जनता पार्टी (भाजपा) माथि चुनावमा बेइमानी गरेको आरोप लगाइन्।

‘हारको प्रमाण भए राजीनामा दिन्थेँ, तर जबर्जस्ती कसैले भन्नु भनेको स्वीकार्य हुँदैन,’ उनले भनिन्। साथै, उनले निर्वाचन प्रक्रियामा भारतीय निर्वाचन आयोगलाई मुख्य दोषी रहेको आरोपसमेत आरोप लगाइन्।

उनले अब पार्टीभित्र छलफल गरेर आगामी रणनीति तय गरिने र भाजपाको ‘अत्याचार’विरुद्ध सडकमा फर्किने चेतावनी दिइन्।

यता, भाजपाले भने बनर्जीको अभिव्यक्तिलाई असंवैधानिक र हास्यास्पद भन्दै आलोचना गरेको छ।

पार्टीका प्रवक्ता देबजीत सरकारले संवैधानिक प्रक्रियामा विश्वास गर्ने कुनै पनि व्यक्तिले यस्तो कुरा गर्न नसक्ने बताएका छन्।

सम्बन्धित् समाचार