वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ राजपुरमा “कपिलवस्तु डिवाईसी कप नकआउट फुटबल प्रतियोगिता” आयोजना हुने भएको छ ।
दर्पण युवा क्लबको आयोजनामा यही जेठ ५ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा जिल्लाका विभिन्न क्लब तथा टोलीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
युवाहरुमा खेलप्रति आकर्षण बढाउने, प्रतिभावान खेलाडीको पहिचान गर्ने तथा खेलमार्फत आपसी भाइचाराको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद रु. ५१ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यसैगरी सेमिफाइनलमा पुग्ने दुई टोलीलाई समेत नगद रु। ५र५ हजारका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक थानेश्वर सापकोटाले जानकारी दिए ।
प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउन आवश्यक तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।






