काठमाण्डौ – देशैभर गर्मी बढेको छ । आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ्ने सम्भावना छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै केही ठाउँमा पानी पर्ने अनुमान छ । हिजो पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढेको थियो । अब बिस्तारै गर्मी बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज र भोलि कोशी मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँहरूमा, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका एक÷दुई ठाउँहरूमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।






