गृहपृष्ठ खबर बाणगंगा वेलफेयर सोसाईटीको अध्यक्षमा खडक बहादुर आले निर्वाचित

बाणगंगा वेलफेयर सोसाईटीको अध्यक्षमा खडक बहादुर आले निर्वाचित

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा वेलफेयर सोसाईटीको ११औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट खडक बहादुर आले अध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि आलेको नेतृत्वमा नयाँ समिति गठन गरेको हो ।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा प्रताप सेन चयन हुनुभएको छ भने उपाध्यक्षहरूमा दिनेश सेन र राजन आले निर्वाचित हुनुभएको छ । यस्तै महासचिवमा युवराज पन्थी, सचिवमा रुविना गुरुङ, कोषाध्यक्षमा मोहन पाण्डे तथा सह–कोषाध्यक्षमा सलिना थापा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा गायत्री न्यौपाने, माया थापा, सिता आचार्य, उषा थारु, हुमा कुमारी सोमै, पवन थापा, रविन मल्ल, प्रविन मल्ल, दिवाकर सेन, मिन थापा, भिमराज न्यौपाने, तेजेन्द्र कुमार सोमै, रोशन सेन, अमृत खाँण र सुरज पोख्रेल निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष खडक बहादुर आलेले संस्थालाई अझ सक्रिय, पारदर्शी र समाजमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सामाजिक एकता, सहयोग र सेवामूलक कार्यलाई प्राथमिकतामा राखेर संस्थालाई अगाडि बढाइने बताउनुभयो ।

सम्बन्धित् समाचार