गृहपृष्ठ Featured वितेको ११ महिनामा ७ लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे

वितेको ११ महिनामा ७ लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे

तस्बिर : रासस

म्याग्दी – वितेको ११ महिनामा ७ लाखभन्दा धेरै पर्यटक बेनी–जोमसोम सडक भएर मुस्ताङ पुगेका छन् । म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरीचौकीको तथ्याङ्कअनुसार गएको साउनदेखि जेठसम्म ७ लाख ५ हजार ७ सय ५४ जना पर्यटक मुस्ताङ प्रवेश गरेका प्रहरीले जनाएको छ ।

उनीहरु मध्ये २ लाख ४४ हजार ८ सय ३० विदेशी पर्यटक हुन् । गएको वर्ष १२ महिनामा भित्रिएका पर्यटक यस वर्ष ११ महिनामै भित्रिएका छन् । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी–जोमसोम सडक भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले गाडी मार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ ।

११ महिनामा दुई पाङ्ग्रेसहित १ लाख ५१ हजार १ सय ६० वटा गाडी मुस्ताङ प्रवेश गरेका थिए । भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा, मुस्ताङलगायत ठाउँमा भारतीय पर्यटकको चाप बढेको छ ।

लगातार चार दिन सार्वजनिक बिदा परेको जेठ तेस्रो हप्ता नेपाली पर्यटकको रोजाइमा मुस्ताङ परेको थियो । पर्यटकको चापका कारण बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तातोपानी, दानाका होटल भरिभराउ हुने गरेका छन् । वैशाख–जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको छ ।

सम्बन्धित् समाचार