गृहपृष्ठ Featured बाणगंगा नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, २ अर्ब ३३ लाख ७३ हजारको बजेट प्रस्तुत

बाणगंगा नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, २ अर्ब ३३ लाख ७३ हजारको बजेट प्रस्तुत

वैखरी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको १९ औँ नगरसभा बुधबार सम्पन्न भएको छ। नगरसभाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ३३ लाख ७३ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

नगरसभामा नगर उपप्रमुख रिता कुमारी चौधरी ले बजेट प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत बजेटमा नगरको समग्र विकास, सेवा प्रवाहको सुदृढीकरण तथा नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमहरूलाई समेटिएको जनाइएको छ।

नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख चक्रपाणी अर्याल ले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो। उहाँले नगरवासीको आवश्यकता र अपेक्षाअनुसार विकासका योजनाहरू सञ्चालन गरिने उल्लेख गर्नुभयो।

नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल पश्चात् सर्वसम्मत रूपमा पारित गरिएको हो। सभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधार विकासका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समृद्ध नगर निर्माणको लक्ष्यलाई अघि बढाउने जनाएको छ।

सम्बन्धित् समाचार