गृहपृष्ठ Featured ज्ञान र सिप विकासकालागी नगर स्तरीय शैक्षिक प्रर्दशनी

ज्ञान र सिप विकासकालागी नगर स्तरीय शैक्षिक प्रर्दशनी

वैखरी अनलाइन, कपिलवस्तु ।
ज्ञान सीप तथा बिद्यार्थीहरुको शैक्षिक विकासकालागि कपिलवस्तु नगरपालिकामा नगर स्तरीय शैक्षिक प्रर्दशनी गरिएको छ । नगरपालिको सहयोगमा कपिलवस्तु सुचना केन्द्रले राखेको शैक्षिक प्रर्दशनीमा तिलौराकोट माबि प्रथम, यशोधरा माबि द्धितीय र कोटीग्राम माबि तृतीय भएका छन ।

यस्तै हुदा मोडल र शीतला बक्स माबिले सान्त्वना स्थान हासिल गरेका छन । प्रथमलाई नगद १० हजार सहीत कप, द्धितीयलाई ७ हजार र उप बिजेता कप तथा तृतीयलाई नगद ५ हजार तथा सान्त्वना भएकाहरुलार्इृ तीन हजारका दरले पुस्कार र प्रमाण पत्र उपलब्ध गराइएको थियो । नगर प्रमुख सुदीप पौडेलले बिजेता बिद्यालयहरुलाई पुस्कार र प्रमाण पत्र बितरण गरेका थिए । बिद्यार्र्थीहरुले बनाएका शैक्षिक सामाग्री देखेर आफुलाई निकै खुशी लागेको प्रमुख पौडेलले बताए ।

ज्ञान सीप सहीत शैक्षिक विकासकालागि नगरपालिकाले बिगत केही बर्ष यता हरेक बर्ष शैक्षिक प्रर्दशनी गर्दै आएको र यसले बिद्यार्थीहरुमा उत्साह थपेको बताए । उनले बिद्यालयको सिकाई उपलब्धीकालागि सबै सरोकारवालाले ध्यान दिनु पर्ने बताए । सो अवसरमा नगरपालिका शिक्षा शाखाका प्रमखु युवराज भुसालले प्रर्दशनीबाट शिक्षक, बिद्यार्थी र अभिभावले केही नयाँ कुरा सिक्न पाउने बताए ।

 

बिद्यार्थीले प्रयोग गर्ने शैक्षिक सामग्री, बिषयगत सामाग्री, उत्साह थप्ने छ उनल भने । यसले उत्साह र प्रोत्साहन थपेर नमुनाको निमित्त मार्ग समेत प्रस्तुत गर्ने उनले बताए ।

प्रर्दशनीमा नगरका बिद्यालय सहभागी थिए । बिद्यार्थीहरु निर्माण गरेका शैक्षिक सामाग्रीहरुको मुल्यांकनकालागि समिति निर्माण गरिएको थियो । बिद्यार्थीहरुले बिज्ञान, सरसफाई, ज्यामिति लगायतका कुराहरु बनाएर शैक्षिक प्रर्दशनी गरेका थिए ।

 

सम्बन्धित् समाचार