गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिकाका २ वटा वडा एकैसाथ बालमैत्री घोषणा

कपिलवस्तु नगरपालिकाका २ वटा वडा एकैसाथ बालमैत्री घोषणा

वैखरी अनलाइन, तौलीहवा ।
कपिलवस्तु नगरपालिकाका २ वटा वडालाई एकै पटक बालमैत्री वडा घोषणा गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ६ स्थित तिलौराकोट माबिमा राखिएको समारोहमा वडा नम्बर ६ र ११ लाई एकसाथ बालमैत्री वडा घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले पानसमा दीप प्रज्जवलित गरी नगरपालिकाको २ वटा बडा बालमैत्री भएको उदघोष गरेका थिए । सो अवसरमा प्रमुख आचार्यले सामाजिक विकासको सुचांकमा नगरपालिकाको २ वडाले फडकको मारेको बताए । उनले नगरपालिका सहीत जिल्लामा सबै वडालाई छिटै बालमैत्री घोषणा गर्नु पर्ने बताए ।

उनले घोषणा गरिएको वडालाई कामय राख्न सबैले चासो दिनु पर्ने बताए । सो अवसरमा नगर प्रमुख सुदीप पौडेलले लामो अथक र प्रयास पछि २ वटा वडाले विकासमा एउटा ईट्टा थपेको बताए । उनले नगरलाई नै बालमैत्री घोषणाकालागि निरन्तर प्रयासरत रहेको बताए । उनले कपिलवस्तु जिल्ला नै शिक्षा र स्वास्थ्यमा पछि पर्नु दुःखद कुरा भएको भन्दै उनले अघि बढाउन सबैको साथ आवश्यक रहेको बताए ।

सो अवसरमा वडा नम्बर ११ का वडाअध्यक्ष रामगोपाल यादवले वालमैत्रीको सबै सुचकहरु पुरा भएको आधारमा २ वटै वडालाई बालमैत्री घोषणा गरिएको प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बालमैत्री घोषणकालागि सहयोग र साथ दिनेलाई दोसल्ला र कदर पत्रले सम्मानित समेत गरिएको थियो ।

बालमैत्री स्थानीय शासन कार्यान्वय निदेैशिका २०७८ र बालमैत्री स्थानीय शासन कार्यबिधि २०७९ तथा स्थानीय सरकार शासन संचालन ऐन २०७४ अनुसार सबै मापदण्ड र सुचक पुरा गरिए पछि दुबै वडालाई बालमैत्री वडा घोषणा गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत तथा फोलकपर्सन पदमराज श्रेष्ठले बताए । ५१ वटा सुचक पुरा गरी सबैको अथक प्रयासले २ वटा वडाले यो सफलता हासिल गरेको उनले बताए ।

सम्बन्धित् समाचार