वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा सर्पको टोकाइबाट बालकको मृत्यु भएको छ । कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ११ बरवाका ११ बर्षीय अजय थारुको मृत्यु हो ।
सोमबार साझ ७ बजे सर्पले टोकेपछि उपचारका लागी उनलाई बुटवल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
उनी एभरग्रिन इङलिश बोडिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत थिए । पछिल्लो समय देशभर सर्पको टोकाइका घटना बढेको पाइएको छ ।







