गृहपृष्ठ Featured पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी १० वर्षीया आशिका घर्ती रहेकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिए । उनका अनुसार लक्ष्मीपुर चोक नजिक सिँचाइका लागि बनाइएको मानव निर्मित ड्याममा डुबेर मृत्यु हुने बालिका सुनपुर सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् ।

आज बिहान आशिका दिदीसँग घरबाट विद्यालय गएकी थिइन् । उनी दिदीसँगै घर फर्किने क्रममा घरभन्दा करिब ५०० मिटर नजिकको ड्याममा पौडी खेल्ने भनेर पसिन् र पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खबर पाएलगत्तै बालिकाको खोजीको लागि सुरक्षाकर्मी खटिएका थिए ।

प्रहरीका अनुसार खोजीमा खटिएको नेपाली सेना र प्रहरीको संयुक्त टोलीले बालिकाको शव दिउँसोे तालबाट निकालेको थियो ।

सम्बन्धित् समाचार