गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगा नगरपालिका बाल श्रममुक्त पालिका घोषणा

कपिलवस्तुको बाणगंगा नगरपालिका बाल श्रममुक्त पालिका घोषणा

वैखरी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयबाट सम्मानित भएको छ।

बालबालिकाको सर्वोत्तम हित, सुरक्षित भविष्य र सामाजिक जीवन सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको बालश्रमको अन्त्य गर्न राष्ट्रिय अभियान अन्तर्गत बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ बमोजिम निर्धारित सबै सूचकहरू पूरा गरी सफलतापूर्वक बालश्रममुक्त स्थानीय तह घोषणा गरेबापत मन्त्रालयले बाणगंगा नगरपालिकालाई सम्मान–पत्र प्रदान गरेको हो ।

सम्मान–पत्रमा बालश्रममुक्त अवस्थाको दिगोपना कायम राख्दै बालमैत्री समाज निर्माणमा नगरपालिकाले निरन्तर अग्रसर रहने विश्वास व्यक्त गरिएको छ।

 

सम्मान–पत्र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बिहिबार मन्त्रालयमा आयाेजित कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याललाई प्रदान गरेका हुन ।

यस सम्मानसँगै बाणगंगा नगरपालिकाले बालअधिकार संरक्षण, बालश्रम न्यूनीकरण तथा बालमैत्री स्थानीय शासन प्रवद्र्धनमा गरेको प्रयासले राष्ट्रिय स्तरमै थप पहिचान प्राप्त गरेको छ।

 

सम्बन्धित् समाचार