कपिलबस्तुको बाणगंगा बुद्धरङ्गशालामा जारीे एघारौं कपिलबस्तु महोत्सबको दशौ ं दिन लोक तथा दोहोरी गायक बिष्णु खत्रि ,गायिका कला लम्साल ,आधुनिक गायक हेमन्त शर्मा त्यस्तै गायक बिधान कार्की,र्बषा लम्साल लगाएतको बिशेष प्रस्तुती रहने सांस्कृतिक संयोजक राजन आलेले जनाकारि दिए । त्यस्तै नवौंं दिन ५ हजार दर्शकहरुले महोत्सव अबलोकन गरेका छन । युवा क्षमतामा अभिबृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने नाराका साथ मंसिर १९ गतेबाट सञ्चालन भईरहेको महोत्सव दिनप्रतिदिनको माहोल फरक हुँदै गएको छ ।









