वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । कपिलवस्तुको जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ११ का २ बर्षीय बालक शुसिल वर्माको मृत्यु हो ।
गोबन प्रजातिको बिशालु सर्पले टोकेपछि उनलाई गोरुसिगे सर्पदंश उपचार केन्द्रमा ल्याउदै गर्दा बिच बाटोमै मृत्यु भएको बताइएको छ ।
त्यस्तै अर्घाखाची जिल्लाको छत्रदेव गाउपालिका- १ बस्ने २१ बर्षी पुस्कर कुमालको पनि सर्पको टोकाइबाट मृत्यु भएको छ ।
विषालु सर्पको टोकाईले गम्भिर अवस्थामा रहेका कुमालको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको गोरुसिगे सर्पदंश उपचार केन्द्रका नविन भण्डारीले वैखरीलाई बताए ।







