गृहपृष्ठ Featured लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

बुटवल — लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बुधबार राति ८ बजे बसेको आठौं अधिवेशनको १८औं बैठकले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकलाई बहुमतले पारित गरेको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रस्ताव गरेको विधेयक सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ पेस गरेका थिए । प्रस्तावको समर्थनमा हुन्छ भन्ने प्रदेश सभा सदस्यको बहुमत देखिएकाले ध्वनि मतका आधारमा बहुमतले पारित गरेको हो । यसअघि बुधबा नै बसेको १७औं बैठकले सरकारले प्रदेश सभामा पेस गरेको प्रदेश सरकारको सेवा र कार्यका लागि प्रदेश संञ्चित कोषबाट खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजनसम्बन्धी विधेयक पनि बहुमतले पारित गरेको थियो ।

आर्थिकमन्त्री कार्कीले १ असारमा आगामी आव २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । बजेटमध्ये चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रूपैयाँ र पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रूपैयाँ विनियोजन गरिएको छ । मन्त्री कार्कीले ल्याएको बजेट मन्त्री केन्द्रित रहेको, मन्त्रीहरूले आफ्नो पालिका र निर्वाचन क्षेत्र केन्द्रित गरेको भन्दा सत्ता पक्षकै प्रदेश सभा सदस्यहरूले विरोध गर्दै आएका थिए ।

सम्बन्धित् समाचार