गृहपृष्ठ Featured स्याङ्जामा गोठ भत्किँदा किसानको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा किसानको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक किसानको मृत्यु भएको छ।

गल्याङ गाउँपालिका–६ पिडीखोला निवासी ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु मृत्यु भएको हो।

भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा बिहीबार बिहान अचानक गोठ भत्किँदा पातीखर्क वनपाले घर भएका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए।

गोठले पुरिँदा केही चौपाया समेत मरेका छन्। पुरानो भएर जिर्ण अवस्थामा पुगेको गोठ वर्षाका कारण भत्किएको अनुमान स्थानीयले गरेका छन्।

सम्बन्धित् समाचार