पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
तिनाउ गाउँपालिका–३ छहरागैरामा लु २ ख १७१९ नम्बरको टिपर दुर्घटना हुँदा चालक ३५ वर्षीय हेमबहादुर लम्तरीको मृत्यु भएको हो।
बुटवलबाट तानसेनतर्फ जाँदै गरेको खाली टिपर गएराति करिब ११ बजे आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। टिपर सडकबाट भिर हुँदै करिब १२० मिटर तल खसेको छ।
प्रहरीले घटनास्थलबाट राति नै गम्भीर घाइते अवस्थामा चालकको उद्धार गरेको थियो।
उनलको बुटवलस्थित मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।







