गृहपृष्ठ Featured घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु, बाबु-आमा घाइते

घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु, बाबु-आमा घाइते

मुगुमा  घरमाथि पहिरो खस्दा एक जना बालकको मृत्यु भएको छ भने उनका बुवा र आमा घाइते भएका छन्।

सुतिरहेको समयमा शनिबार बिहान ४ बजेतिर जिल्लाको मुगम कार्मारोङ गाउँपालिका – ५ पुलु बजारमा घरमाथि बाट झरेको पहिरोले छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३ वर्षीय रमेश बडुवाल च्यापिएका थिए।

जिल्ला प्रहरी प्रमुख डिएसपी बिराज थपलियाका अनुसार प्रहरी चौकी डोल्फुबाट प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले बालकको उद्धार गरी पुलु स्वास्थ्य चौकीमा पुर्‍याएको थियो।

उनको उपचारका क्रममा बिहान पौने ५ बजे मृत्यु भएको डिएसपी थपलियाले बताए।

पहिरोमा परी  रमेशका बुवा ३२ वर्षीय जगन्नाथ बडुवाल र आमा २७ वर्षीया सृजना बडुवाल घाइते छन्। उनीहरुको  अवस्था सामान्य रहेको तथा पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरू आफै स्वास्थ्य चौकी पुगेका थिए।

प्रहरीका अनुसार बडुवालको परिवार पुलुमा घर भाडामा होटल सञ्चालन गरी बस्दै आएको थियो।

Ncell

 

पहिरोका कारण घर पूर्ण रुपमा क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ। जोखिमका कारण अन्य ८ घर परिवारका स्थानीयलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको छ। उनीहरु आफन्तको घरमा बसेका छन्। थप केहीलाई भने  स्थास्थ्य चौकी पुलुमा राखिएको छ।

सम्बन्धित् समाचार