काठमाण्डौ – रोल्पामा पहिरोमा पुरिएका दुई जना महिलाको शव भेटिएको छ ।
सेरम दवाङ लेक मार्गमा हिजो दिउँसो गाई/बाख्रा चराउन बेला पहिरोमा पुरिएका सुनछहरी गाउँपालिका–१ का ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
त्यस्तै स्थानीय ६० वर्षीय कुले घर्ती मगर घाइते हुनुभएको छ । उहाँको शरीरका विभिन्न भागमा चोट लागेको छ । घर्तीको स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।






