बाँकेको कोहलपुर नगरपालिका-३, शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका-३ का ४० वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३३ वर्षीय बिर्जा थारू रहेका छन्।
शान्तिटोलका दयाप्रसाद थारूको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा आज बिहान करिब ९ बजे उनीहरू फसेका थिए। प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएको थियो।
तीनै जना मृत अवस्था भेटिएको प्रहरीले जनाएको छ। तीनै जनाको शव परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पताल लगिएको छ।







