गृहपृष्ठ Featured एनपिएलमा आज विराटनगरले पोखरा र कर्णालीले लुम्बिनीसँग भिड्दै

एनपिएलमा आज विराटनगरले पोखरा र कर्णालीले लुम्बिनीसँग भिड्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ।

दुवै टोलील ५-५ खेल खेलिसकेका छन्।

विराटनगर २ जित निकाल्दै ४ अंकसहित तालिकाको छैटौं स्थानमा छ।

पोखराले एक खेल मात्रै जितेको छ। २ अंकसहित ऊ पुछारमा छ।

दोस्रो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्दै छन्। खेल साँझ ५ बजे हुनेछ।

लुम्बिनी ५ खेलमा तीन जित निकालेको छ। एक खेल वर्षाका कारण रद्द भएको थियो। लुम्बिनी ७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

कर्णालीले पाँचमध्ये २ खेलमात्रै जितेको छ।  ऊ ४ अंकसहित सातौं स्थानमा छ।

 

चारै टोलीले लिग चरणमा २-२ खेल्न बाँकी छ।

प्लेअफमा स्थान बनाउनका लागि सबै टोलीलाई आजको खेल महत्त्वपूर्ण छ।

सम्बन्धित् समाचार