भालुको खुट्टासहित प्रहरीले रसुवाबाट २ जनालाई पक्राउ गरेको छ।
गोसाइकुण्ड गाउँपालिका- ६ धुन्चेस्थित पासाङ ल्यामु राजमार्गबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए।
पक्राउ पर्नेमा रसुवाकै आमाछोदिङ्मो गाउँपालिका- ५ घर भएका २९ वर्षीय गोम्बो तामाङ र आमाछोदिङ्मो- ३ घर भएका २४ वर्षी तोप्देन तामाङ छन्।
मंगलबार गत्लाङबाट त्रिशूलीतर्फ जाँदै गरेको गोम्बो तामाङले चलाएको प्रदेश३-०१ ००५ ख ९७८३ नम्बरको टिपरको हाइड्रोलिक पाइपमुनी रातो डोरीले बाँधेको अवस्थामा भालुको खुट्टा बरामद भएको हो।
पक्राउपछि उनीहरूलाई लाङटाङ राष्ट्रिय निकुञ्ज धुन्चेमा बुझाइएको प्रहरीले जनाएको छ।







