गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद

कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद

कपिलवस्तुको बाणगंगाबाट प्रहरीले बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक बरामद गरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित खोजिपुर सामुदायिक वन क्षेत्रबाट उक्त बन्दुक बेवारिसे अवस्थामा बुधबार फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक अर्जुन पौडेलका अनुसार वडा नम्बर ९ को वन क्षेत्रमा प्रहरीको टोलीले उक्त बन्दुक फेला पारि बरामद गरेको बताए । उनका अनुसार बरामद एक नाले भरुवा बन्दुकको बारेमा आवश्यक अनुसन्धानका लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार वन क्षेत्रमा रुखको आडमा र अन्य विभिन्न स्थानमा गरि ६ थान बन्दुक फेला परेका थिए ।

कसले र किन उक्त बन्दुक वन क्षेत्रमा राखेको भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार